काठमाडौं । मोटरहेड मोटरसाइकल ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड प्रालिले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले नयाँ वर्ष लक्षित ‘पावर पिकअप सब छ, नयाँ वर्ष खास छ’ स्कीम ल्याएको हो ।
यो स्कीममा ग्राहले नगद छुट तथा एक्स्चेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । कम्पनीले सार्वजनिक गरेको स्कीममा ग्राहकले फाइनान्स सुविधामा मोटरसाइकल खरिद गर्दासमेत नगद छुट प्राप्त गर्नेछन् ।
कम्पनीको नयाँ वर्ष स्कीम अन्र्तगत नगदमा मोटरसाइकल खरिद गर्दा १२ हजार रुपैयाँ, एक्सचेन्जमा बजार मूल्यभन्दा १५ हजार थप मूल्याङ्कन र फाइनान्स सुविधामा मोटरसाइकल खरिद गर्दा ८ हजार नगद छुट प्राप्त गर्न सकिने छ ।
त्यसैगरी कम्पनीले सामाजिक उत्तरदायित्व अन्र्तगत यो स्कीममा विक्री भएको हरेक मोटरसाइकलबाट एक हजारका दरले सामाजिक संस्थालाई सहयोग गर्ने धोषणा समेत गरेको छ ।
यो योजनामा चैत २९ गतेदेखि सुरु भएर वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । नेपारभर रहेको मोटरहेडको आधिकारिक सोरुममा यो स्कीम उपलब्ध रहेको छ ।


