बजाजले ल्याउने भयो कम मूल्यको नयाँ मोटरसाइकल, यस्ता छन् फिचर

काठमाडौं । बजाज कम मूल्यमा उत्कृष्ट मोडलसाइकल उत्पादन गर्ने कम्पनीको रुपमा परिचित रहेको छ । यस्तोमा कम्पनीले सामान होम डेलिभरी गर्ने, पठाओ, टुटल जस्ता सर्भिस प्रदान गर्ने ग्राहकलाई ध्यानमा राखेर नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।

बजाज सिटी ११० एक्स नामबाट बजारमा आउन लागेको नयाँ मोटरसाइकलमा राउन्ड हेडल्याम्प, म्याट फिनिस भाइजर, एलइडी डेटाइम रनिङ लाइट, हेडलाइट ग्रिल जस्ता विशेषता यसमा ग्राहकले पाउन सक्ने छन् ।

फाइभ स्पोक १७ इन्चको अलोय ह्वील, एनालग इन्ट्रुमेन्ट क्लष्टर, नयाँ डिजाइनको टेल ल्याम्प, १५५.४५ सीसीको इन्जिन सिटी ११० एक्समा पाउन सकिन्छ । यसमा रहेको इन्जिनले ९.४१ पीएस पावर र ८.४५ एनएम टर्क प्रदान गर्छ ।

कम्पनीले भारतमा यसको मूल्य ५५ हजारदेखि ६० हजार भारतीय रुपैयाँको बीचमा राखेर विक्री सुरु गर्ने अनुमान गरिएको छ । यसलाई कम्पनीले नेपाल ल्याउने हो भने यसको मूल्य १ लाख ७५ हजार रुपैयाँ हारहारी पर्ने छ ।


Back_to_top