बजाज पल्सर १५० र २२० एफको ‘डगर एज’ संस्करण

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाजले आफ्नो पल्सर १५०, १८० र २२० एफको ‘डगर एज’ संस्करण बजारमा ल्याएकाे छ । कम्पनीले यो संस्करणको मूल्य घोषणा गरेको हो ।

भारतमा पल्सर १५० डगर एजको मूल्य १ लाख १ हजार, पल्सर १५० टिडीको मूल्य १ लाख ४ हजार र पल्सर २२० एफको मूल्य १ लाख २८ हजार तोकेको छ ।

बजाजले डगर एज एडिसनमा थुप्रै कस्मेटिक परिमार्जन गरेको छ । तर, यी कुनै पनि मोटरसाइकलमा मेकानिकल परिमार्जन भने गरिएको छैन । कम्पनीले पल्सर १५० मा पर्ल ह्वाइट र सेपायर व्ल्यू कलरमा ल्याउने छ । ह्वाइटमा रातो कलरको कन्ट्रास प्रयोग भएको छ । भने व्ल्यूमा भने ह्वाइट कन्ट्रास दिइएको छ ।

पल्सर १५० मा १४९.५ सीसी क्षमताको सिंगल सिलिण्डर फोर स्टोक इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १३.८ बीएच पावर र १३.५ एनएम टर्क प्रदान गर्छ ।

बजाजले पल्सर २२० एफमा भने ४ कलर अप्सन दिएको छ । जसमा रेड, व्ल्याक, ह्वाइट र व्ल्यू कलर पाउन सकिन्छ । मोटरसाइकलको फरक फरक पार्टस्मा फरक कलर कन्ट्रास प्रयोग गरिएको छ । यसमा २२० सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २०.१ बीएच पावर र १८.५५ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top