अप्रिलियाले ल्यायो १२५ सीसीको म्याक्सी डिजाइनमा नयाँ स्कुटर, यस्तो हुन सक्छ नेपालमा मूल्य

काठमाडौं । अप्रिलियाले भारतमा १२५ सीसी क्षमतामा नयाँ म्याक्सी डिजाइनको स्कुटर सार्वजनिक गरेको छ । अप्रिलिया एसएक्सआर १२५ नामबाट नयाँ स्कुटर सार्वजनिक भएको हो ।

अप्रिलिया एसएक्सआर १६० जस्तै देखिने यो स्कुटरको डिजाइन र फिचर १६० जस्तै रहेको छ । यसको इन्जिन क्षमता भने १२५ सीसीमा रहेको छ । उक्त इन्जिनले ९.४ बीएच पावर र ९.२ एनएम पीक टर्क प्रदान गर्छ ।

प्रिलियाले यसमा एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, आकर्षक डे टाइम रनिङ लाइट, डिस्क ब्रेक र १४ इन्चको अलोय ह्वील दिइएको छ । यसमा ७ लिटर क्षमताको इन्धन ट्याङ्की रहेको छ ।

यसको मूल्य १ लाख १६ हजार ३ सय भारतीय रुपैयाँ तोकिएको छ । यसको मूल्य एसएक्सआर १६० को तुलनामा ११ हजार भारतीय रुपैयाँ कम छ । एसएक्सआर १६० नेपालमा विक्री सुरु भइसकेको छ । यसको मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । यस्तोमा एसएक्सआर १२५ नेपाल आउने हो भने यसको मूल्य ३ लाख ८० हजार रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top