काठमाडौं । नेपालमा पहिलो पटक सम्पन्न भएको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगमा काठमाडौं रेजर्स बिजेता भएको छ । फाइनलमा धनगढी फुटबल क्लब र काठमाडौं रेजर्स उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
धनगढी फुटबल क्लब कन्टीनेन्टल्स इन्टरप्राइजेजले प्रायोजन गरेको थियो भने काठमाडौं रेजर्सलाई एमएडब्ल्यु इन्टरप्राइजेजले प्रायोजना गरेको छ । कन्टीनेन्टल्स इन्टरप्राजेज किया मोटरको आधिकारिक वितरक हो भने एमएडब्ल्यु इन्टरप्राइजेज यामाहा मोटरसाइकलको आधिकारिक वितरक रहेको छ ।
फाइनल खेलमा काठमाडौं रेजर्सका मिसुके ओलामाउले गाल गर्दै २१ मिनेटमा काठमाडौंलाई अग्रता दिलाएको छ । यस अघि यी दुई क्लव विचको खेलमा हार वेहोरेको थियो ।
नेपालमा पहिलो पटक आयोजना भएको यस फ्रेन्चाई फुटबल प्रतियोगिताको विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।


