यस्तो हुनेछ सिट्रोनको कम मूल्यको एसयूभी, ब्रेजा र भेन्यूसँग सिधा प्रतिस्पर्धा

काठमाडौं । फेन्च अटोमोवाइल कम्पनी सिट्रोनले भारतमा उत्पादन गर्न लागेको सब फोर मिटर एसयूभी केही महिना भित्रै बजारमा आउने छ । भारतमा उत्पादन हुने यो सिट्रोनको पहिलो एसयूभी हो ।

पछिल्ला दिनमा सब फोर मिटर सेग्मेन्टमा प्रायः सबै कम्पनीले आफ्ना उत्पादन ल्याइरहेका छन् । यस्तोमा सिट्रोनको यो एसयूभी कम्पनीले उत्पादन गर्ने सबैभन्दा कम मूल्यको हुनेछ । सिट्रोन थ्रीबाट प्रेरित यो एसयूभीको नाम भने तय भएको छैन । यसको उत्पादन कोड नेमभने ‘सीसी २१’ रहेको छ ।

निकै आकर्षक हेडल्याम्प र फगल्याम्प यसमा रहने छ भने ठूलो ग्रिलको बीचमा सिट्रोनको व्याच रहने छ । यसमा रेगुलर रुफ माउन्ट एन्टेना, रुफरेल, प्रिमियम क्यावीन रहने अनुमान गरिएको छ ।

कम्पनीले यो सब फोर मिटर एसयूभीमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले अधिकतम ११० पीएस पावर र १६० एनएम टर्क प्रदान गर्ने अनुमान गरिएको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहने छ ।

बजारमा विषेशत हुन्डाई भेन्यू, मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट जस्ता मोडलसँग यसको सिधा प्रतिस्पर्धा रहने छ । नेपाली बजारमा पनि यसलाई साँग्रिला मोटर्सले ल्याउने छ । सिट्रोनको नेपालको लागि आधिकारीक विक्रेता साँग्रिला मोटर्स नियुक्त भइसकेको छ ।


Back_to_top