काठमाडौं । विगत ४५ दिनदेखि जारी निषेधाज्ञा एक हप्ताको लागि पुनः थप गरिएको छ । यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई बढाएर अब असार ७ गतेसम्म पुर्याइएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा केही खुकुलो भने बनाउने निर्णय गरेको छ । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् भने अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । यसले यी काममा प्रयोग हुने सवारी साधन गुड्न पाउने छन् । यसअघि अत्यावश्क सेवामा प्रयोग हुने सवारी साधन संचालनमा रहँदै आएका छन् ।
बेलुका ४ बजेपछि हार्डवेयर पसल, कृषि सामाग्रीको विक्री वितरण लगायतका काम गर्न दिइने भएको छ । यसअघि जोर–विजोर प्रणालीमा निजी सवारी साधन संचालन गर्न दिने भनिए पनि त्यस विषयमा कुनै निर्णय भएन ।


