लोभलाग्दो डिजाइनमा देखियो हुन्डाईको माइक्रो एसयूभी

काठमाडौं । कोरियन अटो कम्पनी हुन्डाईले आफ्नो नयाँ गाडीलाई क्लासिक लुक्समा ल्याउने भएको छ । सन् २०२२ को पहिलो क्वाटरसम्ममा विक्री सुरु हुने अपेक्षा गरिएको नयाँ मोडलको नाम भने तय भएको छैन ।

एक महिना अघि कम्पनीले सार्वजनिक गरेको आधिकारीक तस्विरमा एसयूभीको हेडल्याम्प र टेलल्याम्प मात्रै देखाएको थियो । तर, अहिले विभिन्न मिडियाले परिक्षणको क्रममा यसको स्पाई तस्विरहरु बाहिर ल्याएका छन् ।

हुन्डाईले बजारमा ल्याउन लागेको नयाँ एसयूभी ग्राण्ड आई १० नियोसको प्ल्याटफर्ममा बनिरहेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । यसलाई अबको केहि समयपछि कम्पनीले ग्लोवल प्रिमियर गर्ने तयारी गरेको छ ।

‘एएक्स वान’ कोण नेममा उत्पादन भइरहेको यो एसयूभी ४ मिटरभन्दा छोटो हुने छ । हुन्डाई भेन्यूभन्दा केहि छोटो साइजमा आउने नयाँ एसयूभी कोरियामा परिक्षणको क्रममा धेरै पटक देखिएको थियो । छोपिएको अवस्थामा देखिएका तस्विरले पनि नयाँ एसयूभी ग्लोवल प्रिमियरको लागि तयार भएको देखाउँछ ।

कम्पनीले बाहिर ल्याएको तस्विरलाई आधार मान्ने हो भने नयाँ एसयूभीमा अगाडि स्प्लीट हेडल्याम्प, बम्परमा गोलो आकारमा प्रोजेक्टर हेडल्याम्प उपलब्ध रहने अनुमान गर्न सकिन्छ ।

तस्विरमा पछाडिको लाइट पनि देखाइएको छ । ट्रयाङ्गुलर आकारमा देखिएको टेल लाइट निकै आकर्षक रहेको छ । पछाडि बम्परमा पनि थप लाइट रहने अनुमान गर्न सकिन्छ । हुन्डाईले सन् २०१८ मा उत्पादन घोषणा गरेको थियो ।


Back_to_top