काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी यामाहा ब्लू फेस्ट अन्तर्गत ‘ब्लू कोड नयाँ वर्ष योजना’को विजेताको घोषणा गरिएको छ ।
यामाहा नेपालले आफ्नो आधिकारिक वितरक एमएडब्लू राइड्सले बम्पर पुरस्कार विजेता घोषणा गरेको हो ।
कम्पनीका अनुसार भ्याली रोड मोटर्स प्रालि मार्फत् फाइनान्स तथा एक्सचेन्ज सेगमेन्ट अन्तर्गत रेजेडआर १२५ एफआइ हाइब्रिड खरिद गरेका उमेश थापा मगरले बम्परमा ५ लाख रुपैयाँ पुरस्कार जितेका हुन् ।
त्यस्तै, नबिना शर्माले १ लाख, अरविन्द गुप्ताले ५५ हजार र आवाश चौधरीले ५० हजार रुपैयाँ पाएको कम्पनीले जनाएको छ । अन्य धेरै ग्राहकहरूले पनि यस योजना अन्तर्गत आकर्षक पुरस्कारहरू जितेका छन्।
यस घोषणाले थप उत्साह थप्दै ग्राहकहरूलाई कार्यक्रम समाप्त हुनु अघि उपलब्ध विशेष अफरहरूको फाइदा लिन र मेलामा सहभागी हुन थप प्रेरित गरेको छ।
ब्लू फेस्टमा मोटरसाइकल पारखी, परिवार तथा खरिदकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ । आगन्तुकहरूले यामाहाका उन्नत हाइटेक मोटरसाइकल र स्कुटरहरू अवलोकन गर्दै उत्साहपूर्ण र रमाइलो वातावरणको आनन्द लिएका छन्।
यामाहा ब्लू फेस्टले ग्राहकहरूका लागि आकर्षक सुविधाहरू प्रदान गरिरहेको छ। खरिदकर्ताहरूले ५ लाखसम्म क्यासब्याक, अधिकतम ४० महिनासम्मको सहज ईएमआई सुविधा, अन द स्पट फाइनान्सिङ सेवा पाउने छन् ।
अफरहरूका अलावा कार्यक्रममा राइडर तथा कन्टेन्ट क्रिएटरहरूसँग भेटघाट, कोसप्ले प्रदर्शन तथा आकर्षक गिभअवे जस्ता गतिविधिहरूले कार्यक्रमलाई केवल बिक्री कार्यक्रममा सीमित नराखी अझ जीवन्त बनाएको छ।
एमएडब्लू राइड्सका सीईओ दीपक अग्रवालले ब्लू फेस्टलाई प्राप्त प्रतिक्रियाबाट अत्यन्त उत्साहित भएको बताए ।
‘यस वर्षको ब्लू फेस्टलाई प्राप्त प्रतिक्रियाबाट हामी अत्यन्त उत्साहित छौँ। अब केवल एक दिन मात्र बाँकी रहेकोले हामी सबैजनालाई यहाँ आएर विशेष अफरहरूको लाभ लिन र यामाहाका उत्पादनहरू प्रत्यक्ष अनुभव गर्न आमन्त्रण गर्दछौँ,’ उनले भने ।


