काठमाडौं । किया कार्निभलको चौथो जेनेरेशन मोडल सार्वजनिक भएको छ । दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले आफ्नो लग्जरी एमपीभीको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको हो ।

थर्ड जेनेरेशन किया कार्निभल अहिले नेपालमा पनि विक्री वितरण हुँदै आएको छ । निकै लग्जरी फिचरले भरिएको चौथो जेनेरेशन कार्निभललाई कियाले लिमोजिनमा परिणत गरेको छ । ४ सिट क्षमता रहेको कार्निभलमा एथेष्ट स्पेशको व्यवस्था गरिएको छ । निकै क्वालिटी युक्त लेदरको प्रयोग सिटहरुमा गरिएको छ भने गाडीमा बस्ने हरेक प्यासेन्जरको लागि टेवलको व्यवस्था गरिएको छ ।
हरेक प्यासेन्जरको लागि आर्मरेष्ट, वायरलेस चार्जिङ र तातो र चिसो आवश्यकता अनुसारको कप होल्डर यसमा प्रयोग भएको छ । सथै, सबै सिटमा ७ इन्चको अलग अलग टच स्कृन डिस्प्ले दिइएको छ । यसबाटै आफ्नो आवश्यकता अनुसारको क्लाइमेट र लाइट एड्जस्ट गर्न सकिने छ ।

यसको छतमा २१.५ इन्चको स्मार्ट मोनिटर पाउन सकिन्छ । यसले गाडीमा यात्रा गर्ने यात्रुलाई अलगै अनुभव प्रदान गराउने छ । कम्पनीले यसमा ३.५ लिटर क्षमताको स्मार्ट स्ट्रीम भि ६ पेट्रोल इन्जिन दिएको छ । ८ स्पीड अटोमेटिक गियरबक्स जडान भएको उक्त इन्जिनले २९० हर्सपावर र ३५५ एनएम टर्क प्रदान गर्नेछ ।


