हिरो एक्सपल्स २०० र एक्स्ट्रीम १६० आरको मूल्य बढ्यो

काठमाडौं । हिरो एक्सपल्सको २०० को नयाँ मूल्य सार्वजनिक भएको छ । कम्पनीले हालै सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार एक्सपल्स २०० को मूल्य ३ हजार रुपैयाँले बढेको हो ।

हिरोको सबैभँन्दा लोकप्रिय मोटरसाइकल एक्सपल्स २०० को मूल्य बढेर ४ लाख २ हजार रुपैयाँ पुगेको हो । यस अघि यसको मूल्य ३ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

त्यसैगरि हालै मात्र नेपाली बजारमा भित्रिएको एक्सट्रीम १६० आरको मूल्यसमेत ३ हजार रुपैयाँ बढेको छ । यसको ३ लाख ३९ हजार रुपैयाँ रहेको थियो भने हाल ३ हजार बढेर ३ लाख ४२ हजार रुपैयाँ पुगेको हो ।

एड्भेञ्चर मोटरसाइकल सेग्मेन्टमा हिरो एक्सपल्स निकै राम्रो व्यापार गर्न सफल मोटरसाइकल हो । नेपाली सडकमा निकै राम्रो संख्यामा देखिन थालेको एक्सपल्स वार्षिक ४ हजार यूनिटभन्दा धेरै विक्री हुँदै आएको छ ।

मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स २०० मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ । राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ ।

हिरो एक्सपल्समा २०० सीसी, सिङ्गल सिलिन्डर टु भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ स्पीड गियरबक्स दिइएको छ ।


Back_to_top