काठमाडौं । नयाँ इलेक्ट्री स्कुटर ब्रान्ड नेपाल आएको छ । जापानी टेक्नोलोजीमा आधारित भारतीय ब्राण्ड ओकिनवा नेपाल आएको हो ।
ओकिनवाको आधिकारीक वितरक विक्की इन्टरप्राइजेजले विभिन्न ५ मोडलका स्लेक्ट्रीक स्कुटर र डेलीभरी मोपेड नेपाल ल्याएको हो । आधिकारीक विक्री सुरुसँगै कम्पनीले देशका विभिन्न भागमा डिलर नेटवर्क विस्ता गर्ने भन्दै इच्छुक फर्महरुलाई आह्वान गरेको छ ।
कम्पनीले १ लाख ७० हजार रुपैयाँदेखि ३ लाख ४० हजार रुपैयाँ मूल्य रोखेर यी स्कुटर नेपालमा विक्री वितरण गर्ने जनाएको छ ।
कम्पनीले नेपाली बजारमा आइप्रेज प्लस, प्रेज प्रो, रेज प्लस, लाइट, आर ३० र डुअल गरी ५ मोडलका स्कुटरको मूल्य सार्वजनिक गरेको छ । कम्पनीको सबैभन्दा महंगो स्कुटर आइप्रेज प्लसको मूल्य ३ लाख ४० हजार निर्धारण भएको छ । साथै, प्रेज प्रोको मूल्य २ लाख ६० हजार, रेजको मूल्य २ लाख ३० हजार, आर ३० को १ लाख ७० हजार, लाइटको २ लाख ८० हजार र डुअलको मूल्य २ लाख १५ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले नेपाल भित्र्याएका सबै स्कुटरमा लिथिएम आयन व्याट्री रहेको छ । यी स्कुटहरुले ८० किलोमिटरदेखि १६० किलोमिटरसम्म माइलेज दिने कम्पनीले जनाएको छ ।


