किया सोनेट अटोमेटीक गियरबक्समा नेपाल आउँदै, कति पर्ला मूल्य ?

काठमाडौं । कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङले सोनेटको अटोमेटीक भेरियन्ट नेपाल ल्याउने भएको छ । कम्पनीले यसअघि म्यानुयल भेरियन्ट मात्रै विक्री गर्दै आएकोमा अब अटोमेटीक गियरबक्स सहित एचटीएक्स भेरियन्ट नेपाल ल्याउन लागेको हो ।

यो भेरियन्टमा १.५ लिटर डिजेल इन्जिन उपलब्ध रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम ६००० आरपीएममा ११३ पीएस पावर र १५०० आरपीएममा २५० एनटम टर्क प्रदान गर्छ । कियाले यसमा ६ स्पीड टर्क कन्भर्टर गियरबक्स दिएको छ ।

यसअघि १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनको साथ म्यानुयल गियरबक्समा मात्रै उपलब्ध रहेकोमा पहिलो पटक अटोमेटीक गियरबक्सको साथ ल्याउन लागेको हो ।

नेपाल आएको एक वर्ष नपुग्दै किया सोनेटले बजारमा राम्रो छाप छोड्न सफल भएको छ । राम्रो विक्रीबाट निकै उत्साहित कम्पनीले अटोमेटीक गाडी खोज्ने ग्राहकलाई लक्षित गर्दै नयाँ गियरबक्स र इन्जिनमा सोनेट ल्याउन लागेको हो ।

किया सोनेटमा एयरब्याग र इएससी÷भिएसडब्लू÷एचएसी, हाइलाइन टिपिएमएस, बिओएसई प्रिमियम ७ स्पिकर सिस्टम, १०.२५ एचडी टचस्क्रृन, कुलिङसहितको वायरलेस फोन चार्जर, आवाज पहिचान गर्ने ‘हेल्लो किया’, पूर्ण लेदरको सिट तथा डोर प्यानल (कालो) र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट छन् ।

त्यसैगरी, भाइरस प्रोटेक्सन सहितको स्मार्ट प्योर एयर प्युरिफायर, रेड क्याप सहितको आर १६ इन्च क्रिस्टल अलोय ह्वील, एलइडी साउन्ड मुड ल्याम्प, फ्रन्ट पार्किङ सेन्सर, हाई ग्लोस, ब्ल्याक फिनिस एसी भेन्ट्स गार्निस, टर्बो सेप्ड मस्कुलिन स्किड प्लेट, बेल्ट लाइन–क्रोम, स्पोर्टी अलो पेडल्स, एडभान्स्ड १०.६७ सेमी कलर इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता विशेषता यसमा छन् ।

एचटीएक्स अटोमेटीक भेरियन्टको मूल्य ५३ लाख हाराहारी कायम गरेर विक्री सुरु हुने हाम्रो अनुमान रहेको छ ।


Back_to_top