काठमाडौं । कियाले भारतमा उत्पादन गर्ने घोषणा गरेको ‘प्रोजेक्ट एक्स’ अन्तर्गत सेल्टोसको एक्स-लाइन भर्सन बजारमा ल्याउने भएको छ । सेप्टेम्बर महिनामा यसलाई बजारमा ल्याउने तयारी भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
कियाले अटो एक्स्पो २०२० मा सार्वजनिक गरेको ‘एक्स-लाइन कन्सेप्ट’लाई पूर्णरुप दिएर नयाँ एसयूभी बजारमा ल्याउन लागेको हो । यसको टिजर कम्पनीले सार्वजनिक गरिसकेको छ ।
अहिले बजारमा विक्री वितरण हुँदै आएको सेल्टोसको तुलनामा थुप्रै कस्मेटीक परिमार्जन गरेर कम्पनीले एक्स-लाइन भर्सन ल्याउने छ । यसमा बढी पेन्ट पूर्णत व्ल्याक कलरमा ल्याउने छ ।
कम्पनीले एक्स-लाइन कन्सेप्टलाई एलए अटो शो २०१९ मा पनि देखाएको थियो । अमेरिकी स्पेकमा कम्पनीले १.६ लिटर टर्बो पेट्रोल इन्जिन दिएको थियो । उक्त इन्जिनले १७६ पीएस पावर प्रदान गर्छ । यसमा अल ह्वील ड्राइभ सिस्टम दिइएको थियो । तर, भारतमा कुन इन्जिनमा आउँछ भन्ने खुलाइएको छैन । संभवत १.५ लिटर इन्जिनमा नै एक्स-लाइन आउने छ ।


