५० लाख मूल्य राखेर आयो क्रेटाको नयाँ भेरियन्ट, यस्ता छन् फिचर

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो सर्वाधिक सफल एसयूभी क्रेटाको ‘इएक्स’ भेरियन्टको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले क्रेटा इएक्स पेट्रोल भेरियन्टको मूल्य ५० लाख ९६ हजार निर्धारण गरेको हो ।

कम्पनीले क्रेटामा अहिले १ लाख १० हजार नगद छुट दिइरहेको छ । उक्त छुट घटाउँदा यसको मूल्य ४९ लाख ८६ हजार रुपैयाँ पर्छ । कम्पनीले यसअघि क्रेटा इ, इलोडेड, एस, एसएक्स र एसएक्स (ओ) भेरियन्ट विक्री गर्दै आएकोमा नयाँ इएक्स भेरियन्ट पनि ल्याएको हो । यसलाई कम्पनीले इ लोडेड र एसको बीचमा राखेर मूल्य निर्धारण गरेको छ ।

क्रेटा इएक्स भेरियन्टमा एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्यूटुथ कनेक्टीभीटी, मल्टी फङ्गसनल स्टेरियङ ह्वील, पावर एड्जस्टेवल रियर भ्यू मिरर, पावर विन्डो, दुई एयरव्याग, आफ्नो साइज अनुसार मिलाउन मिल्ने हेडरेष्ट जस्ता फिचर दिएको छ ।

एड्जस्ट गर्न मिल्ने हेडलाइट, रियर स्पोइलर, रियर भ्यू मिररसँगै दिइएको टर्न इन्डिकेटर, क्रोम गार्निस, प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको ह्वील, सिल्भर कलरको बी पिलर, बडी कलर ड्यूल टोन बम्पर, एलइडी पोजिसिनिङ ल्याम्प जस्ता फिचर क्रेटा इएक्समा पाउन सकिन्छ ।


Back_to_top