आफ्नो थोरै लगानीमा उद्यमी बन्न चाहनेलाई दोस्त कन्टेर, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वरोजगार बन्न चाहने चालकले लाइट कमर्शियल भेहिकल खरिद गर्दा सहुलियत दरमा कर्जा सुविधा पाउने घोषणा गरेसँगै धेरै चालकले आफ्नै साधन किन्ने योजना बुनिरहेका छन् । स्वरोजगार कार्यक्रम अन्तर्गत यो गाडी किन्ने ग्राहकले ८० प्रतिशतसम्म फाइनान्स सुविधा ५ प्रतिशत व्याजदरमा उपभोग गर्न पाउने छन् ।

यस्ता हलुका र साना कमर्शियल गाडी मध्येको एक हो अशोक लेलैण्डको दोस्त कन्टेनर । सुरक्षीत तरिकाले सामान ओसार पसार गर्न सकिने यो गाडी आईएमई ग्रुप अन्तर्गतको आईएमई मोटर्सले विक्री वितरण गर्दै आएको छ ।

दोस्त कन्टेनरमा १४८७ सीसी क्षमताको टर्बो डिजेल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ३३०० आरपीएममा ५८ पीएस पावर र १६०० आरपीएममा १५७ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

१४ इन्चको रेडियल टायर प्रयोग भएको यो कन्टेनर दुई भेरियन्टमा उपलब्ध रहेको छ । १२५० केजी बोक्ने भेरियन्टको मूल्य २१ लाख ८० हजार र १५०० केजी बोक्ने कन्टेरको मूल्य २३ लाख ८० हजार रुपैयाँ रहेको छ । अगाडि पट्टी चालक र अर्को एकजना बस्ने सिट उपलब्ध रहेको छ । यसमा ४० लिटर क्षमताको इन्धन ट्याङ्क दिइएको छ ।

यस कन्टेनरको कार्गो एरियाको लम्बाई २४४५ एमएम, चौडाई १५७० एमएम र उचाई १६७० एमएम रहेको छ । यसमा २३५० एमएमको ह्वीलवेस दिइएको छ । १७७ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध यो गाडीलाई ९० किलोमिटर प्रतिघन्टाको उच्च गतीमा चलाउन सकिन्छ ।

यो कन्टेनर निकै उपयोगी मानिदै आएको छ । लामो र छोटो दुरीबाट सुरक्षीत तरिकाले सामान ओसार पसार गर्न यसको उपयोग गर्न सकिन्छ । कम्पनीले यसमा ५० हजार नगद छुट, एक वर्षको बीमा र एक वर्षको वार्षिक कर उपलब्ध गराएको छ ।


Back_to_top