बजाजले ल्यायो ‘खुसीको तीन डोज’ दशैं अफर

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले दशैं योजना सार्वजनिक गरेको छ । योसगैं बजाज २०७८ सालको दशैं स्कीम सार्वजनिक गर्ने पहिलो मोटरसाइकल कम्पनी भएको छ ।

कम्पनीले ‘खुसीको तीन डोज’ फेस्टिभ स्कीम ल्याएको हो । यो योजनामा ग्राहकले बजाजका मोटरसाइक खरिद गर्दा तीन पटकसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।

ग्राहकले मोटरसाइकल खरिद गर्नु अघि नै १० हजारसम्म नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै खरिद गर्ने क्रममा नै १ लाखसम्म नगद र खरिद गरेपश्चात् बम्पर उपहार स्वरुप १० लाखसम्म जित्न सक्ने छन् ।

गत बर्ष कम्पनीले ल्याएको शून्य अफरमा ५० भन्दा धेरै ग्राहकले १ लाख र १ जना ग्राहकले १० लाख रुपैयाँसम्म नगद जितेका थिए । हरेक महिनाको अन्त्यमा लक्की ड्रमार्फत १ जना ग्राहकले १० लाख रुपैयाँ जित्न सक्नेछन् । या योजना तिहारसम्म चल्ने कम्पनीले जनाएको छ ।
ग्राहकले यो योजना देशभर रहेको बजाजको आधिकारिक शोरुममा प्राप्त गर्न सक्नेछन् ।

बजाजले हाल नेपाली बजारमा बजाज पल्सर, डिस्कभर, प्लाटिना, डोमिनार र एभेन्जर सिरिजका मोटरसाइकल विक्री गर्दै आइरहेको छ । कम्पनीले पल्सर १२५, पल्सर १५०, पल्सर १५० टीडी, पल्सर २२०, पल्सर एनएस १६०, पल्सर एनएस २००, प्लाटीना १०० इएस, एभेन्जर १६०, एभेन्जर २२०, डिस्कभर १२५, डोमिनार २५० र डोमिनार ४०० मोटरसाइकल विक्री गर्दै आइरहेको छ ।


Back_to_top