एसयूभी उत्पादनमा अग्रेसिभ बन्दै किया, ४ नयाँ मोडल ल्याउने तयारी

काठमाडाैं । कोरियाली अटो निर्माता कम्पनी कियाले युवापुस्तालाई आकर्षित गर्न नयाँ उत्पादनलाई जोड दिइरहेको छ । सामाजिक सञ्जालमा ब्यापक प्रचार गरिरहेको कियाले नयाँ पुस्तालाई मध्यनजर गर्दै ट्राजोर, टस्कर, एसपी-जेड तथा ट्रेन्लस्टर मोडललाई अनलाइन भोटिङमा समावेश गराएर सर्भे गरिरहेको छ ।

सुरुवातमा ट्राजोरले अनलाइन भोटिङको नेतृत्व गरे तापनि हाल, टस्करको मतान्तर बढ्दै गएको छ । अनलाइन भोटिङ प्रक्रिया २० जुनसम्म चलाएको थियो ।

कम्पनीले अटो एक्स्पो २०१८ मा एसपी अवधारणा सार्वजनिक गरेको थियो । न्यू डिजाइन थिममा आधारित यस अवधारणालाई निक्कैले मन पराएका थिए । सार्वजनिक हुँदै गरेको एसयूवीमा आकर्षक इन्टेरियर तथा एक्स्टेरियर विशेषता रहने अुनमान गरिएको छ ।

यसको प्रमुख प्रतिस्पर्धी हुन्डाई क्रेटा हुने अनुमान गरिएको छ । यसमा समावेश गरिएका इन्फोटेन्मेन्ट सिस्टम, क्लाइमेट कन्ट्रोल, पुस बटन स्टार्ट, कि लेस इन्ट्री, लेदर सिट, वायरलेस चार्जिङ तथा स्मार्टएफोन, सनरुफ, १७ इञ्च अलोय ह्वील, क्रुज कन्ट्रोललगायतका विशेषता यस एसयूभीमा समावेश गरिएका छन् ।

एसपी अवधारणाअन्तर्गत १.६ एल पेट्रोल तथा डिजेल इञ्जिन दिइएको छ । पेट्रोल इञ्जिले १२२ एचपी पावर उत्पादन गर्छ भने, १५१ एनएम टर्क उत्पादन गर्छ ।

त्यस्तै, डिजेल इञ्जिनले १२६ हर्ष पावरका साथै २६० एनएम टर्क उत्पादन गर्छ । दुबै इञ्जिनमा ६ स्पीड म्यानूअल गियर बक्स लगाइएको छ । कम्पनीले नयाँ योजनाको विस्तारका लागि १.१ विलियन डलर खर्च गरेको छ ।

एसपी अवधारणमा उत्पादन गरिएका चारवटै मोडललाई २०२२ मा सार्वजनिक गरिसक्ने कम्पनीले जनाएको छ ।


Back_to_top