टाटाको नयाँ एसयूभीको नाम ‘पन्च’, नेक्सनभन्दा कम मूल्यमा आउने

काठमाडौं । टाटा मोटर्सले १८ महिना अगाडि देखाएको एचबीएक्स कन्सेप्टको नाम पन्च राखेको छ । चाडपर्वको नजिक पारेर बजारमा ल्याउने तयारी गरेको माइक्रो एसयूभी पन्च नेक्सनभन्दा कम मूल्यमा आउने छ ।

टाटा मोटर्सका अनुसार पन्चले जुनसुकै स्थानमा जान सक्षम इनर्जाइटीक भेहिकलको प्रतिनिधित्व गर्ने छ । यो कार हलुको तर क्षमतामा बलियो हुने कम्पनीको दावी रहेको छ ।

टाटाको इम्प्याक २ डिजाइन ल्याङवेजमा आधारीत अल्फा प्ल्याटफर्ममा बनेको पन्चको एक्सटेरियरको मात्रै जानकारी बाहिर आएको छ ।

यसको इन्टेरियरको विषयमा कम्पनीले केही जानकारी दिएको छैन । यद्यपी मिडिया रिपोर्टहरुका अनुसार यसमा १.२ लिटरको इन्जिन प्रयोग भएको छ । पन्चको टप भेरियन्टमा १.२ लिटर टर्बो इन्जिन रहने अनुमान गरिएको छ ।


Back_to_top