यामाहा एमटी १५ मोटोजीपी भर्सन सार्वजनिक

काठमाडौं । यामाहाको नेकेड स्पोर्टस् मोटरसाइकल एमटी १५ को मोटोजीपी एडिशन भारतमा सार्वजनिक भएको हो । यामाहा इन्डियाले १ लाख ४८ हजार भारतीय रुपैयाँ मूल्य निर्धारण गरेर एमटी १६ मोटोजीपी भर्सन सार्वजनिक गरेको हो ।

भारतीय राजधानी दिल्लीको एक्सशोरुम मुल्य अनुसार मोटोजीपी एडिशन रेगलर मोडलको तुलनामा २ हजार ४०० भारतीय रुपैयाँले महंगो रहेको छ । यामाहाले भारतीय बजारमा केही समय अगाडि यामाहा एफजेड-एक्स १५० सार्वजनिक गरेको थियो ।

प्रतिस्पर्धी बजारमा ग्राहकले कुनै न कुनै कुरा नयाँ खोजीरहेको समयमा यामाहाले एमटी १५ को मोटोजीपी भर्सन बजारमा ल्याएको हो ।

यामाहा एमटी १५ को फ्युल ट्याङकको छेउमा मोटोजीपीको लोगो प्रिन्ट गरिएको छ । त्यस्तै यामाहाको लागोलाई गोल्डेन कलरमा परिर्वतन गरिएको छ । यसको सबैभन्दा ठूलो परिवर्तन यही हो । यो बाहेक अन्य कुनै परिवर्तन मोटोजीपी एडिशनमा गरिएको छैन ।

यामाहा एमटी १५ मा १५५ सीसी क्षमताको भीभीए इन्जिन दिइएको छ । उत्तः इन्जिनले अधिकतम १० हजार आरपीएममा १८.५ पीएस पावर तथा १३.९ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ भने स्लिपर क्लच पाउन सकिन्छ ।

अहिले नेपाली बजारमा विक्री हुँदै आएको रेगुलर मोडल एमटी १५ को मूल्य ४ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top