जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्स जावाको विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले नेपालगञ्जमा सोरुम संचालनमा ल्याएको छ ।

‘हाम्रा सबै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पु¥याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको हो’ अग्नि मोटोइन्कका महाप्रबन्धक शरद मिश्रले भने ।

कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावा फोर्टी-टू र पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगञ्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि पहुँच प्राप्त गर्न सक्नेछन् ।

जावा यसअघि नै नेपालमा निकै कम समयमा लोकप्रिय भइसकेको छ र मोटरसाइकल प्रेमीहरूका बीच एक राम्रो विकल्प बन्न पुगेको छ । यो नेपाली बजारमा अग्नि मोटो इंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा उपलब्ध भइसकेको छ ।

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो स्वर्णिम समयमा १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग ईन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो । यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू-यसको सुन्दर डिजाइन र बलियो प्रदर्शनले यसले प्रयोगकर्ताहरूका मन जित्नमात्र सहयोग नगरी विश्वका थुपै विश्व उपाधि पनि जितेको छ ।


Back_to_top