नेपाल आयो प्लगइन हाइब्रिड मित्शुवीसी आउटल्याण्डर, यस्तो छ मूल्य

काठमाडौं । मित्शुवीसीको आधिकारीक वितरक लियोन मोटर्सले आउटल्याण्डरको प्लगइन हाइब्रिड मोडल नेपाल ल्याएको छ । नेपाली बजारमा राम्रो संख्यामा गुडिरहेको आउटल्याण्डरको प्लगइन हाइब्रिड कार निकै आकर्षक मूल्यमा आएको हो ।

लियोन मोटर्सले यसको मूल्य १ करोड ५५ लाख निर्धारण गरेर विक्री वितरण गर्दै आएको छ । २३६० सीसी क्षमताको फोर सिलिण्डर इन्जिन प्रयोग भएको यो एसयूभीमा १३.८ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ ।

आउटल्याण्डरमा दिएको व्याट्रीले अधिकतम ८० किलोवाट (१०८ पीएस) पावर प्रदान गर्छ भने, कम्बस्चन इन्जिनले १२६ पीएस पावर प्रदान गर्छ । यसमा स्वीचेवल गियरबक्स जडान गरिएको छ ।

एबीएस, इबीडी, ब्रेक एसिस्ट, एक्टीभ स्टेविलिटी, कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, अटोमेटिक हाई बीम, व्लाइन्ड स्पर्ट वार्निङ, एयरव्याग, कटन एयरव्याग, चाइल्ड सेफ्टी लक जस्ता सुरक्षा फिचर ग्राहकले यसमा पाउने छन् ।

फोर ह्वील ड्राइभ सिस्टम, मल्टी कलर डिस्प्ले, डिजिटल कन्सोल, फ्लोर लाइट, ८ तरिकाले मिलाउन मिल्ने सिट, हिटेड स्टेरिङ, प्रिमियम कन्सोल, सफ्ट–टच मटेरियल प्रयोग भएको ड्यासबोर्ड, फरक ड्राइभिङ मोड पाउन सकिन्छ ।

१८ इन्चको आल्मुनियम अलोय ह्वील, अटोमेटीक एलइडी हेडल्याम्प, फगल्याम्प, सिल्भर बम्पर, झ्यालको वरपर क्रोम फिनिसिङ, हिटेड साइड मिरर, रेन सेन्सिङ वाइपर, पावर सनरुफ, रुफ स्पोइलर, सार्कफिन एन्टिना जस्ता प्रिमियम फिचर पाउन सकिन्छ ।

यसमा रहेको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा करिब ४० देखि ४५ किलोमिटरसम्म चलाउन सकिन्छ । घरायसी सामान्य विजुलीबाट यसमा रहेको व्याट्रीलाई ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।


Back_to_top