काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्कीम ‘यसपालीको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरु मध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटालाई गाडीको साँचो हस्तान्त्रण गरेको छ ।
उक्त लक्की ड्र साउन ११ (जुलाई २६) गते हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण मार्फत बिजेता छनोट गरिएको थियो । कोभिड १९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजिवन नै अस्तव्यस्थ भएकोले गतवर्षको लक्की ड्र केही ढिलागरी भएको हो ।
साथै, भदौ २४ गते बिहिवारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ ग्राहकमाझ प्रस्तुत गर्ने भएको हो। हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको छ ।
यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्कीम पाउनु हुनेछ । हामी लक्ष्मी हुन्डाई सधैँ ग्राहकलाई उत्कृष्ट अफर र खरिद एक्स्पीरियन्स प्रदान गर्दै आएका छौं । त्यही कारण हुन्डाई ब्राण्ड चाहने ग्राहक पनि बढ्दै गएका छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । विश्वकै पाँचौ ठूलो कार निर्माता हुन्डाई ग्राहकलाई उत्कृष्ट सेवा दिन सधैँ तत्पर रहेको छ । विश्वभर करोडौं सन्तुष्ट ग्राहक, न्यून मर्मत सम्भार खर्च र उत्कृष्ट डिजाइनका कारले ग्राहकलाई आफुसँग जोड्न सफल हुँदै आएको छ ।

