नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले फाेटाेनकाे नयाँ पिकअप टुनल्याण्ड जी ७ छिटैनै नेपाल ल्याउने भएकाे छ । सन् १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रक, साना मझौला ट्रक, पिकअप, बस र निर्माण उपकरणहरु उत्पादन गर्दै आएको छ ।
पावर र लूक्स मन पराउनेहरुको लागि फोटोनको टुनल्यान्ड पिकअप एक परिचित नाम हो । टुनल्यान्ड ई र टुनल्यान्ड यस को सफलता पछि फोटोनले टुनल्यान्ड जी ७ नेपाली बजारमा ल्याउने भएको हाे । फाेटाेनले उत्पादन गरेको टुनल्याण्ड पिकअप अत्यन्तै पावरफुल मानिन्छ । जर्मन अटोमाेवाइल जाइन्ट डेमलरसँगको सहकार्यमा फोटोनले ठूला सवारी उत्पादन गर्दै आएको छ भने इन्जिनको लागि कमिन्स्सँग सहकार्य गरेको छ ।
डिजेल इन्जिनयुक्त फोटोनका पिकअपहरु निकै शक्तिशाली मानिन्छन् । फाेटाेनकाे याे नयाँ पिकअपले १ हजार किलोग्रामको भार बहन क्षमता राख्छ । कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १६१ ब्रेक हर्स पावर तथा ३३० एनएम अधिकतम टर्क प्रदान गर्छ ।
फोर वाई फोर सिस्टम जडान भएको यो पीकअप विश्वका विभिन्न देशमा बिक्री सुरु भइसकेको छ । यसमा दिइएको कार्गो एरियाको लम्बाई १५२० एमएम, चाडाई १५८० एमएम र उचाई ४४० एमएम रहेको छ । यसको पूर्ण लम्बाई भने ५३१० एमएम, चौडाई १८६० एमएम र उचाई १८४० एमएम रहेको छ । यसमा ३११० एमएमको ह्वीलवेस दिइएको छ । जी ७ मा २१० एमएमको ग्राउन्ड क्लियरेन्स रहेकाे छ। अधिकत १५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्ने यो पिकअपमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
यूरो ४ मापदण्डको इन्जिन रहेको यस पिकअपको इन्टेरियर निकै उत्कृष्ट रहेको छ । सुरक्षाको लागि अगाडि दुई एयरव्याग, एबीएस, इबीडी, अगाडि भ्यान्टिलेटेड डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । रियर विन्ड स्कीकृनमा डिफगर, दुई स्पीकर, यू सेप रियरबम्पर, पार्किङ सेन्सर, एसी जस्ता फिचर यसमा पाउन सकिन्छ।

