नेपाल आयो नयाँ डिजेल इन्जिनमा नेक्सन जेडएक्स प्लस, मूल्य ५० लाखभन्दा कम

काठमाडौं । टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले बीएस ६ डिजेल इन्जिनमा टाटा नेक्सनको एक्सजेड प्लस भेरियन्ट ल्याएको छ । कम्पनीले यसअघि बीएस ६ पेट्रोल इन्जिनमा मात्रै ल्याएको नेक्सनलाई डिजेलमा पनि ल्याएको हो ।

टाटा नेक्सन सिप्रदीको सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी हो । सार्प र स्लीक डिजाइनमा तयार भएको नेक्सन अब पेट्रोल, डिजेल र इलेक्ट्रीक भेरियन्टमा उपलब्ध भएको छ ।

१४९७ सीसी क्षमताको नयाँ डिजेल इन्जिनले अधिकतम ४००० आरपीएममा १०८.५ पीएस पावर र १५०० देखि २७५० आरपीएममा २६० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ । यसको माइलेज २० किलोमिटर प्रतिलिटर हाराहारी रहेको छ ।

ग्लोवल एनक्याप क्रयास  टेष्टमा ५ स्टार रेटिङ पाउन सफल नेक्सन निकै सुरक्षीत गाडीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । कम्पनीले यसमा एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसिस्ट, पावर विन्डो लक, चाइल्ड सेफ्टी लक, एन्टिथेप्ट आर्लम, ट्रायाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, रियर पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध रहेको जनाएकाे छ ।

यात्रालाई आरमदायी र मनोरञ्जनात्मक बनाउन कम्पनीले यसमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, आर्मरेष्ट, ८ वटा स्पीकर, डिजिटल इन्ट्रुमेन्ट कन्सोल, विभिन्न ड्राइभ मोड, धेरै स्थानमा क्रोम फिनिसिङ, अडियो कन्ट्रोल सहितको स्टेरिङ ह्वील जस्ता विशेषता दिइएको छ ।

नेक्सनलाई सफल बनाउन यसको भित्र भागसँगै बाहिरी बनोटले पनि ठूलो भूमिका खेलेको छ । यसमा अटोमेटीक प्रोजेक्टर हेडल्याम्प, कर्नरिङ फगल्याम्प, रियर स्पोइलर, रियर विन्डो डिफगर, १६ इन्चको अलोय ह्वील, एलइडी डिआरएल, ड्यूल टोन रुफरेल, सिग्नेचर एलइडी टेलल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।

नेपालकाे लागि टाटा माेटर्सकाे आधिकारीक वितरक सिप्रदि ट्रेडिङले नेक्सनको एक्सजेड प्लस डिजेल भेरियन्टकाे मूल्य ४९ लाख ९९ हजार राखेकाे छ ।


Back_to_top