सिट्रोन C3 सार्वजनिक, यी हुन् मुख्य फिचर

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले नयाँ सब फोर मिटर एसयूभीको ग्लोवल प्रिमियमर गरेको छ । कम्पनीले ल्याएको यो सानो एसयूभीले नेपाल आउने क्रममा रहेको टोयोटा रेजसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

साइजको हिसावले यो सेग्मेन्टमा टाटा नेक्सन, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा हुनेछ । रुफरेल, सिल्भर कलरको स्कीड प्लेट, कालो कलरमा बडी क्लाडिङ, भर्टिकल्ली स्प्लीट हेडल्याम्प, स्पोर्टी बम्पर, ड्यूलटोन अलोय ह्वील, क्रोम हाइलाइट सहितको फ्रन्ट ग्रिल जस्ता फिचरले यसको एक्सटेरियरलाई निकै आकर्षक बनाएको छ ।

ड्यूल टोन कलरसहितको ड्यासबोर्ड, १० इन्चको फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्सनल स्टेरिङ ह्वील, कनेक्ट कार टेक जस्ता आकर्षक फिचर यसमा उपलब्ध हुनेछ ।

सिट्रोनले सी थ्रिलाई १.२ लिटर टर्बो पेट्रोल इन्जिनमा ल्याउने अनुमान गरिएको छ । यसको विषयमा कम्पनी आधिकारीक जानकरी भने गराएको छैन ।

नेपालमा पनि साँग्रिला मोटर्सले सिट्रोनको आयात सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा सिट्रोन सि ५ एयरक्रस नेपाली बजारमा विक्री सुरु गरिसकेको छ । यस्तोमा नयाँ सब फोर मिटर एसयूभी नेपाल आउने पक्का छ ।


Back_to_top