काठमाडौं । यामाहाले पहिलो पटक हाइब्रिड टेक्नोलोजी प्रयोग भएको स्कुटर बजारमा उतारेको छ । कम्पनीले आज भारतीय बजारमा हाइब्रिड टेक्नोलोजी सहित रे जेडआर १२५ स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले नयाँ स्कुटर दुई भेरियन्टमा सार्वजनिक गरेको छ । रियर ड्रम, टुइन डिस्क र स्ट्रीट र्याली भेरियन्टमा बजारमा आएको रे जेडआरको मूल्य क्रमशः ७६ हजार ८३०, ७९ हजार ८३० र ८३ हजार ८३० भारतीय रुपैयाँ तोकिएको छ ।
यामाहाले यसमा १२५ सीसी क्षमताको माइल्ड हाइब्रिड, एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८.२ पीएस पावर र १०.३ एनएम टर्क प्रदान गर्छ । स्मार्ट मोटर जेनेरेटरको प्रयोग भएको रे जेडआरमा आइडियल स्टार्ट/स्टप टेक्नोलोजीको प्रयोग गरिएको छ । साथै पावर एसिस्टको प्रयोग गरिएकोले उकालो बाटोमा चलाउँदा पनि यसले ठूलो आवाज गर्दैन ।
स्कुटरको कर्भ वेट ९९ किलोग्राम मात्रै रहेको छ । यामाहाले यो स्कुटरमा एलइडी हेडल्याम्प, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, कनेक्ट टेक्नोलोजी जस्ता फिचर यसमा दिइएको छ ।

