काठमाडौं । कियाले आफ्नो पहिलो हाइब्रिड एसयूभी नेपालमा ल्याउने भएको छ । कम्पनी सोरेन्टो हाइब्रिड एसयूभी नेपालमा ल्याउन लागेको हो ।
कोरियाली अटो निर्माता कियाले आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा ‘द लार्जेस्ट हाइब्रिड एसयूभी’ अवधारणालाई निकै दमदार तरिकाले लागु गरेको छ ।
२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटीक मोटरसहितको १.४९ किलोवाट आवरको ब्याट्री छ । हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित छ । जुन तारमार्फत फुल गियरबक्समा परिवर्तन हुन्छ र ड्राइभिङलाई रोमाञ्चकारी बनाउँछ ।
नयाँ सोरेन्टोको माइलेज उत्कृष्ट रहेको छ । यसमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि छ । नयाँ सोरेन्टोमा स्टेसनरी पोजिसनमा छलाङ मार्न विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ । सुरुमा किया सोरेन्टोले २५ किलोमिटर प्रतिघन्टा दौडिन विद्युतीय मोटर प्रयोग गर्छ, त्यसपछि टिजिडिआई पेट्रोल इन्जिनले यसलाई अघि बढाउँछ । गति बढाउँदा यसले पावर स्प्लिट ट्रान्समिसनमार्फत विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै प्रयोग गर्छ ।
सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनीक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले गाडीलाई सुरक्षीत बनाएको छ । सडकको अवस्था अनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा यसलाई चलाउन सकिन्छ । प्रिमियम इन्टेरियर, फराकिलो ग्रिल, एलइडी लाइटको संयोजन यसमा पाउन सकिन्छ ।
१२.३ इन्चको अल-डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर र ब्लाइन्ड भ्यू मोनिटर टेक्नोलोजी, ३६० डिग्री क्यामेरा, नाप्पा लेदरको प्रयोग भएको इन्टेरियर, मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रीक सिटले सेरेन्टो हाइब्रिडलाई लग्जरी बनाएको छ ।
ठूलो बडी साइज, १९ इन्चको अलोय ह्वील, डुअल एलइडी प्रोजेक्सन हेडल्याम्प्स, फुल पानोरमिक सनरुफ, २८१० एमएमको ह्वीलबेस यसमा पाउन सकिन्छ ।
नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

