काठमाडौंमा बन्ने भयो चांगनको शोरूम, आधुनिक सेवा दिने कम्पनीको दावी

काठमाडौं । चांगनको आधिकारीक वितरक नियुक्त भएसँगै एमएडब्लू वृद्धिले आफ्नो ब्राण्ड गतिविधिलाई तिब्रता दिएको छ । कम्पनीले काठमाडौंको नक्सालमा सुविधा सम्पन्न शोरूम निर्माण गर्न लागेको हो ।

चांगन अटोमोबाइल चीनको अग्रणी मध्येको एक कम्पनी हो । कम्पनीका उत्पादन अहिले विश्वका ६० भन्दा बढी देशहरुमा विक्री वितरण हुँदै आएको छ । आफुलाई अब्बल बनाउन कम्पनीले आफ्नो सेवा र सुविधाको गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको जनाएको छ ।

एमएडब्लू वृद्धिले निर्माण गर्न लागेको शोरूम पर्याप्त पार्किंग सहित ३ रोपनी क्षेत्रफलमा निर्माण गरिने जनाएको छ।

कम्पनी निर्माण गर्न लागेको शोरूम विलासी डिजाइनमा निर्माण हुने र भित्र र बाहिरबाट हेर्दा उच्चस्तरीय हुने भएकाले यसले ग्राहकहरुको अनुभवमा नयाँ परिभाषा दिने कम्पनीको दावी छ।


Back_to_top