उकालो चढ्न सक्दैमा विद्युतीय कार सुरक्षीत हुन्छन् ?

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा विभिन्न देशबाट आयात हुने विद्युतीय कारहरु उपलब्ध छन् । अहिले कोरिया, जापान, भारत र चीनबाट विद्युतीय गाडी आयात भइरहेको छ ।

विशेषत चीनबाट आयात हुने कम मूल्यका विद्युतीय कार कति सुरक्षीत छन् भन्ने विषयमा अन्तर्राष्ट्रिय अटोमोवाइल सुरक्षामा काम गर्ने संघ संस्थाले कुनै परिक्षण गरेको कागजपत्र उपलब्ध छैन । नेपाल सरकारसँग झन् परिक्षण गर्ने सामर्थय हुने कुरै भएन । यसले मानव जीवनको सुरक्षामा सरकार कति गम्भिर छ त भन्ने प्रश्न उव्जेको छ ।

अहिले यातायात व्यवस्था विभागको माताहतमा रहेको भेहिकल फिटनेश सेन्टरले अकालो बाटोमा लोड बोकेर चढ्न सक्ने गाडीलाई नेपालमा विक्री वितरण गर्न स्वीकृत दिइरहेको विभागको भनाई छ ।

विद्युतीय सवारी आयातपछि कम्पनीले दर्ताका लागि प्रकृया सुरु गर्छन् । दर्ता प्रकृयाको क्रममा विभिन्न टेष्ट गरिन्छ । टेष्टपछिको रिपोर्ट अनुसार गाडी आयात गर्न दिने गरेको विभागको भनाई छ ।

‘परीक्षणका क्रममा सवारी साधनको उकालो चढ्न सक्ने ‘क्यापासिटि’ परिक्षण गरिन्छ । नेपालमा आउने सवारीहरु सामान्यतया राम्रै पाइएको छ’, यातायात व्यवस्था विभागका टेक्नीकल डाइरेक्टर रामचन्द्र पौडेलले भने ।

अहिले दिन दिनै नेपाल आइरहेका कम मूल्यका चिनियाँ उत्पादन भोलिका दिनमा नेपालको टाउको दुखाई बन्न सक्छ । यसको गुणस्तर मापन गर्ने काममा सरकारी सरोकारवाला निकायले बेलैमा सोच्नु पर्ने अवस्था आएको छ ।

उनले हालसम्म विद्युतीय सवारी परीक्षणको क्रममा खासै समस्या नदेखिएको बताए । ‘आधिकारिक कम्पनीबाट आउने सवारीमा समस्या देखिएको छैन, चीनले उपभोक्ता अनुसार जति मूल्यको पनि सवारी बनाउन सक्ने भएकाले त्यसमा अलि विश्वस्थ हुन सक्ने ठाँउ छैन,’ पौडेलले भने ।

विद्युतीय गाडी परीक्षण गर्दा विभागले त्यसको पीकअप, एक पटकको चार्जमा गुड्न सक्ने रेञ्जको विषयमा जानकारी लिन्छ । त्यस्तै, ब्याकअप सेफ्टीका लागि ब्रेकको पर्फमेन्स परीक्षण हुने गरेको छ । मोटर क्षमता कति उल्लेख छ, त्यो पनि हेर्ने गरेको छ ।

यतिले मात्रै विद्युतीय कारको सुरक्षा मापन गर्न सकिदैन । गाडीमा प्रयोग भएको स्टीलको क्वालीटी, आधुनिक ब्रेकिङ सिस्टम, गाडीको बनोट क्वालीटी, क्र्यास टेष्ट, व्याट्रीको सुरक्षा जस्ता विषय महत्वपूर्ण हुन्छन् । तर, यी विषय परिक्षण गर्न हामीसँग पूर्वाधार नै नभएको विभागको भनाई छ ।

अहिले पुराना गाडीलाई लोकल ग्यारेजमा विद्युतीय बनाउने विषय बाहिर आएको छ । यसले जोखीम बढउन सक्नेतर्फ सतर्क हुनु पर्छ ।

‘विद्युतीय सवारी साधनको सुरक्षा परीक्षण गर्न ठूलो ल्याब नै चाहिन्छ, ल्याबमा लाइभ टेष्ट गर्नु पर्छ । गाडीको स्ट्याबीलीटी, ब्याट्रीको गुणस्तर जस्ता विषय सुरक्षाको हिसावले महत्वपूर्ण हुन्छ । त्यसको लागि हामीसँग ल्याब छैन,’ पौडेलले भने ।

विद्युतीय सवारीमा विशेषगरी, ब्याट्री, मोटर र वायरीङमा समस्या हुने पौडेल बताउँछन् । विद्युतीय सवारीमा कनेक्ट हुने वायरिङ राम्रो भएन भने तार तात्ने, आगलागी हुन सक्ने, विस्फोट समेत हुन सक्ने हुन्छ । उनले मोबाइलमा पनि यस्तो जोखिम रहेको बताए ।

विद्युतीय सवारी सुरक्षीत बनाउन कम्पनीहरुले काम गर्छन् । तर, अहिले पुराना गाडीलाई लोकल ग्यारेजमा विद्युतीय बनाउने विषय बाहिर आएको छ । यसले जोखीम बढउन सक्नेतर्फ सतर्क हुनु पर्छ ।

‘हरेक चिजमा डिफेक्ट आउन सक्छ, राम्रो कम्पनीबाट बनेको विद्युतीय सवारी पनि निकै राम्रा हुन्छन् तर, लोकल भेन्डरबाट बनेकामा समस्या हुन सक्छन्, त्यो किन्दा विचार गर्नुपर्छ,’ पौडेलले भने ।

हरेक देशमा विद्युतीय सवारीका लागि मापदण्ड बनाइएको छ । उनीहरुको नियम पनि कडा भएकाले कडाइका साथ अनुसाशित भएर सवारीको निरिक्षण गरिएको हुन्छ । त्यसैले विद्युतीय गाडी किन्दा कम्पनीको विश्वनीयता हेरेर मात्र किन्दा उपयुक्त हुन्छ ।

अहिले दिन दिनै नेपाल आइरहेका कम मूल्यका चिनियाँ उत्पादन भोलिका दिनमा नेपालको टाउको दुखाई बन्न सक्छ । यसको गुणस्तर मापन गर्ने काममा सरकारी सरोकारवाला निकायले बेलैमा सोच्नु पर्ने अवस्था आएको छ ।


Back_to_top