यामाहा एमटी १५ बीएस ६ भर्सन भोलिदेखि बुकिङ सुरु हुने

काठमाडाैं । यामाहा एमटी १५ बीएस ६ भर्सन नेपाली बजारमा भित्रिएको छ । यामाहाले भोलिदेखि भृकुटीमण्डपमा आयोजना गर्ने महा एक्सचेन्ज मेलामा यसलाई प्रर्दशन गर्ने भएको हो ।

कम्पनी स्रोतका अनुसार यो मोटरसाइकलको भोलिदेखि नै बुकिङ खुल्ने छ । कम्पनीले नेपालमा सार्वजनिक गर्ने एमटी १५ बीएस ६ ग्लोवल कलरमा उपलब्ध हुने जनाइएकाे छ ।

योसँगै नेपाली बजारमा एमटी १५ यामाहाको पहिलो बीएस ६ मोटरसाइकल हुने भएको छ । यामाहाले यसअघि नै बीएस ६ स्कुटरहरु नेपाली बजारमा विक्री गर्दै आइरहेको छ ।

कम्पनीले एमटी बीएस ६ मा ग्राफिक र इन्जिनकाे अलावा अन्य कुनै परिर्वतन गरेको छैन । नयाँ माेडल ४ कलरमा आउने अनुमान गरिएको छ । एमटी १५ भारतीय बजारमा ब्ल्याक, मेटालीक ब्ल्याक, डार्क मेट ब्लु, आइस फ्लुओ भेरमिलियन करलमा उपलब्ध रहेको छ ।


Back_to_top