जोन डियरको नयाँ ट्याक्टर नेपालमा

काठमाडौं । जोन डियर ब्रान्डको नयाँ ट्याक्टर नेपालमा सार्वजनिक भएको छ । जोन डियरको नयाँ फोर ह्वील ड्राइभ ट्याक्टर एक कार्यक्रम बीच सार्वजनिक गरेको हो ।

अमेरिकी डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डियाले उत्पादन गरेको अत्याधुनिक ट्याक्टर नेपालमा विबेक अटोमोवाइल्सले विक्री तथा वितरण गर्नेछ । उक्त सार्वजनिक कार्यक्रममा कम्पनीले दश हजार यूनिटको माइलस्टोन पुरा गरेको जानकारी दिदै ट्याक्टरसमेत हस्तान्तरण गरेको थियो ।

उक्त कार्यक्रममा सहभागी भएका जोन डियर इन्डियाका विक्री तथा मार्केटीङ निर्देशक सत्यन शाहले हाम्रा किसान तथा उपभोक्ता माझ यो १० हजार माइलस्टोन पुरा भएको क्षण ऐतिहाशिक भएको बताए ।

जोन डियरको यो ५०५० डी ट्याक्टरमा फोर ह्वील ड्राइभका साथै डिस्क ब्रेक, फ्रन्ट वाडर टायर, उच्च ग्राउन्ड क्लियरेन्स, तथा ५० हर्ष पावर क्षमता रहेको छ । यसको मूल्य २१ लाख रुपैयाँ रहेको छ ।


Back_to_top