हिरोको ‘राइड फर रियल हिरो’ नेपाल लगायत अन्य १०० सहरमा आयोजना हुँदै

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी हिरो मोटोकर्पले फ्रन्टलाइन हेल्थ केयर वर्करहरुको सम्मानमा ग्लोवल राइड कार्यक्रम गर्ने भएको छ । कम्पनीले ‘राइड फर रियर हिरो’ नामक ग्लोवल राइडको घोषण गरेको हो ।

हिरोले आयोजना गर्ने उक्त राइड कार्यक्रममा कोभिडका सम्पुर्ण मापदण्ड पुरा गरेर गरिने कम्पनीले जनाएको छ ।

हिरोको ‘राइड फर रियल हिरो’ नेपालसहित भारत, बंग्लादेश, ग्वाटेमाला, कोलंबिया, बोलिभिया, नाइजेरिया, युगांडा, केन्या, दक्षिण अफ्रिका, टर्की र युएईको १०० सहरहरुमा आयोजना हुने भएको छ । यो राइड कार्यक्रम दुई अक्टोवरमा आयोजना हुने जनाइएको छ ।

उक्त कार्यक्रमका बारेमा बोल्दै हिरो मोटोकर्पका सेल्स एण्ड आफ्टरसेल्स हेड नविन चौहानले भने, ‘एक जिम्मेवार कर्पोरेट कम्पनीको रुपमा हिरो मोटोकर्प समाजिक योगदानका लागि सधैँ प्रतिबद्ध रहेको छ, विश्वभर रहेको फ्रन्टलाइन वर्करहरुको सम्मानका लागि हामी यो राइड फर रियल हिरो कार्यक्रम आयोजना गर्दैछौं । यो कार्यक्रम आयोजना गर्न पाउँदा हामी निकै खुसी छौं ।’

जनवरी २१, २०२१ मा कम्पनीले १०० मिलियनको माइलस्टोन पुरा गरेको थियो । यही अवसर पारेर कम्पनीले विश्वका १०० सहरमा ‘राइड फर रियल हिरो’ कार्यक्रम आयोजना गर्न लागेको हो ।


Back_to_top