होन्डाको कार किन्दा २ लाख नगद छुट, साढे ३ लाख क्यासब्याक

काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘होन्डाको फेस्टिभ बोनानजा’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत नयाँ होन्डा कार खरिद गर्ने ग्राहकले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्री इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्री रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्री सर्भिसिङ्ग, ३ वर्षसम्म स्पेयर पार्टस्मा ७ प्रतिशतसम्म छुट पाउने छन् ।साथै, अन्य धेरै फ्री सुविधा पाउने छन् ।

साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाख रुपैयाँसम्मको क्यास ब्याक जित्न सक्नुहुनेछ । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top