यामाहाले निकेन पछि अर्को तीन पाङ्ग्रे सस्तो बाइक ल्याउँदै

यामाहाको अर्को तिनपाङ्ग्रे बाइक आउने भएको छ । यो भन्दा पहिला यामाहाले ‘निकेन’ नामक तिनपाङ्ग्रे बाइक बनाएको थियो । निकेनलाई बेलायती बजारमा लिमिटेड यूनिट बनाएर बिक्री गरेको यामाहाले अर्को तीनपाङ्ग्रे बाइक बनाउन लागेको हो । 

अब निर्माण हुने तिनपाग्रे बाइकमा ३२१ सीसीको इन्जिन हुने बताइएको छ । यो बाइक यहि बर्षको अन्त्यसम्ममा लन्च हुन सक्ने छ । यो बाइकको डिजाइन निकेन जस्तो नै रहनेछ तर इन्जिन भने फरक हुनेछ । 

यो पनि पढ्नुस् :यस्तो छ यामाहा ‘निकेन’को मूल्य

यामाहाले नयाँ बाइकको पेटेन्टको दर्ता प्रकृया अगाडि बढाएको छ । जसमा अगाडि दुइ पाङ्ग्रा प्रयोग भएको देखिन्छ । यसमा यामाहाको ‘वाइजेडएफ ३’मा प्रयोग भएको ‘एम टी ०३’ इन्जिन प्रयोग हुनेछ ।

यो ३२१ सीसी क्षमताको यो इन्जिन ४० बीएचपी पावरमा २९ एमएम पीक टर्क उत्पादन गर्छ । यसको मूल्य भने निकेनको भन्दा निकै कम हुने अनुमान गरिएको छ ।


Back_to_top