फ्लाक्स फाइबर र सुगरबाट बन्यो इलेक्ट्रिक कार, फुल चार्जमा २ सय ४० किलोमिटर कुद्ने

एउटा यस्तो विद्युतीय कार बन्यो जसको च्यासिस फ्लाक्स फाइबर र सुगरबाट बनाइएको छ । यो कारको नाम नोह राखिएको छ । यो विद्युतीय कार हालसम्मकै हलुंगो भएको बताइएको छ । यो नोह कार नेदरल्याण्ड युनिभर्सिटीका विद्यार्थीहरुले बनाएका हुन् । 

यो कारमा दुई जनाले यात्रा गर्न सक्ने छन् । नोह कारको च्यासिस र इन्टिेरियर वायोप्लास्ट र फ्लेक्स फाइबरले बनाइएको छ । त्यस्तै बढी भने फ्लेक्स म्याटको प्रयोग गरेर निर्माण गरिएको छ । जैवीक र ज्यादै हलुका सामाग्रीको प्रयोग गरेर बनाइएको यो कारले आल्मुनियम र कार्बनबाट बनाइएको कारको तुलनामा ६ गुणा इनर्जी कम खपत गर्ने बताइएको छ । 

ब्याट्री बिना यो कारको तौल ३ सय ६० किलोग्राम छ भने ब्याट्री सहित यो कारको तौल ४ सय २० किलो हुनेछ । यो कारको उच्च गती प्रतिघण्टा १ सय १० किलोमिटर हुने छ । निर्माता विद्यार्थीहरुका अनुसार यो कारले फुल चार्जमा २ सय ४० किलोमिटरको दूरि तय गर्न सक्छ । नोह कारको लागत निक्कै कम हुने बताइएको छ । 

यदी यो कार दुर्घटनामा पर्यो वा स्क्राप गर्नु पर्यो भने यसमा प्रयोग भएका अधिकांश कुरा पुनः प्रयोग गर्न सकिन्छ । कारको ढोका मोबाइल डिभाइसले खोल्न सकिने छ । नोहलाई विश्वको पहिलो सर्कुलर कार भनिएको छ किनकी यो कारमा प्रयोग भएका पार्टस प्रयोग पछि पनि प्रयोग गर्न सकिन्छ । 

यो कार निर्माता विद्यार्थीहरुले कार तत्काल बजारमा ल्याउने कुनै योजना बनाएका छैनन् । मानिसहरुमा वातावरण प्रति चासो बढेपछि यो कार बजारमा ल्याउने उनीहरुको योजना रहेको छ । यो कारको मूल्य कति पर्छ भन्ने समेत यकिन गरिएको छैन ।


Back_to_top