१ लाख ५० हजारसम्मले महंगो भयो रेनो क्वीड, यस्तो छ सबै भेरियन्टको मूल्य

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी रेनोले क्वीडको मूल्य वृद्धि गरेको छ । कम्पनीले चाडपर्वको मुखमै मूल्य बढाएको हो । एड्भान्स अटोमोवाइल कम्पनीले नेपालमा विक्री गर्दै आएको रेनो क्वीड सफल इन्ट्री लेभल ह्याचव्याक कार हो ।

क्वीड फेसलिफ्ट मोडल आएदेखि एउटै मूल्य कायम भएको भएपनि करिब १० महिनापछि कम्पनीले एकै पटक १ लाख ५० हजारसम्मले मूल्य बढाएको हो ।

यसलाई कम्पनीले विभिन्न ३ भेरियन्टमा विक्री वितरण गर्दै आएको छ । जसमा क्वीड आरएक्सटी (अप्सनल) म्यानुयल भेरियन्टको मूल्य २६ लाख ७९ हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले एकै पटक १ लाख ३० हजार रुपैयाँले मूल्य बढाएको हो ।

त्यस्तै क्वीड क्लाइम्बरको मूल्य २७ लाख ८९ हजार र आरएक्सटी (अप्सनल) अटोमेटीकको २८ लाख ४९ हजार रुपैयाँ रहेको छ । यी दुबै मोडलमा क्रमशः १ लाख ४० र १ लाख ५० हजार रुपैयाँले मूल्य बढाएको छ ।

सानो इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स र आकर्षक लुक्सको कारण सफल हुँदै गएको क्वीडमा १.० लिटर क्षमताको नेचुरल्ली एस्पीरेटेड इन्जिन उपलब्ध रहेको छ ।


Back_to_top