मोटरहेड टेक्कन आर २५० मा आकर्षण बढ्दो, छिट्टै मूल्य बढ्ने

काठमाडौं । नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । असोज पहिलो हप्ता नेपाली बजारमा औपचारिक सार्वजनिक भएको यो मोटरसाइकल हाल सम्म ४५ युनिट बिक्री भइसकेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ ।

केही समयका लागि मात्र ४ लाख ५ हजार रुपैयाँ मूल्यमा उपलब्ध गराइएको यो मोटरसाइकल नेपाली बजारमा हालै भित्रिएका मोडल मध्ये एक हो ।

मोटरहेडका मोटरसाइकल किन्दा हाल नगदमा १२ हजार र फाइनान्समा ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ । नगद वा फाइनान्स जुनसुकै तरिकाले पनि यो मोटरसाइकल खरिद गर्न सकिन्छ । फाइनान्समा खरिद गर्दा पनि ए क्लासका बैंक र फाइनान्सहरुबाट सहज तरिकाले फाइनान्स सुविधा उपलब्ध हुने र १८ महिना सम्म बाँकी रकम किस्ता तिर्न सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ ।

२२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १२।५ किलोवाट र टर्क १७ एनएम रहेको छ । यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिसरफ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट रहेको छ ।

कम्पनीले केही समयका लागि भनेर निर्धारणको मूल्य आगामी दिनमा यो मोटरसाइकलको मूल्य १० हजार देखि १५ हजार रुपैयाँको दरले बढ्ने अनुमान गरिएको छ ।


Back_to_top