काठमाडौं । उपत्यकामा एक पछि अर्को दुर्घटनामा टिपरको ठक्करबाट पैदलयात्रु र मोटरसाइकल चालकको ज्यान जान थालेपछि गृह मन्त्रालयले उपत्यकाका तीनै जिल्लामा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म टिपर संचालनमा रोक लगाउने निर्णय गरेको बुझिएको छ ।
पछिल्लो समय टिपरलाई उपत्यका भित्र संचालनमा रोक लगाउनु पर्ने सवत्र आवाज उठिरहेको समयमा गृह मन्त्रालयले साउन १ गतेबाट लागुहुने गरि उपत्यकामा टिपर संचालकमा रोक लगाउन लागेको हो ।
असार महिनामा मात्रै उपत्यकामा १९ जनाले टिपर दुर्घटनामा ज्यान गुमाएपछि सरकारले यस्तो निर्णय गरेको बुझिएको छ ।

