काठमाडौं । फागुन ९ गतेदेखी सुरु हुने नाडा अटो शो स्टल बुकिङ खुल्ने भएको छ । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले अटो शोमा सहभागि हुन चाहाने कम्पनीहरुका लागि बुकिङ खुल्ला गर्ने भएको हो ।
हरेक वर्ष भाद्र महिनामा संचालन हुने अटो शो यस पटक भने फाल्गुनमा हुन लागेको हो ।
नाडाले जारी गरेको सुचनामा रजिष्ट्रेशन १८ नोभेम्वरदेखी सुरु भएर २२ नोभेम्वरमा अन्त्य हुनेछ । अटो शोमा सहभागी हुन इच्छुक कम्पनीले बिहान १०ः३० देखी बेलुकी ५ बजेसम्म दिन सक्नेछन् । सहभागीहरुको लिस्ट तयार पारेर नाडाले गोला प्रथाबाट स्टलको टुंगो लगाउने जनाएको छ ।

नाडा अटो शो कोभिडका कारण विगत दुई वर्षदेखी संचालन हुन सकेको छैन् । सधै झै यो पटक पनि काठमाडौंको भृकुटीमण्डपमा यो अटो शो संचालन हुनेछ ।
नेपालमा हुने एकमात्र अटो शोमा सवारी साधन, पार्टस, ल्युव, इलेक्टीक सवारीसाधन, बैकं तथा वित्तिय संस्था जस्ता कम्पनीहरुको सहभागिता हुनेछ ।


