मोवाइल एपको प्रयोगबाट यसरी बचाउनुस् पेट्रोल

काठमाडौं । उपत्यकाको जाम र महंगो पेट्रोलले सबैलाई हैरान बनाएको छ । यस्तोमा पेट्रोल बचाउने अनेक आइडियाको बिषयमा हामी कुरा गरिरहेका हुन्छौं । पछिल्लो दिनमा मोवाइल एप पेट्रोल बचाउने उपयुक्त माध्यम बनिरहेको छ । 

आजभोलि हरेक मानिस कुनैपनि लोकेशन पत्ता लगाउन गुगल म्यापको प्रयोग गरिरहेका हुन्छन् । यसले मानिसको जिवनलाई सहज बनाउनुको साथै पैसा बचाउने कामसमेत गरिरहेको छ । 

तपाईले आफुजाने ठाउँ र त्यसको दुरी लगायत ट्राफिक जामको जानकारीसमेत गुगलबाट पाउन सक्नु हुनेछ । यसरी छनोट गर्दा सबै कम दुरी र ट्राफिक जाम नभएको बाटो रोज्ने अवसर तपाईले पाउनु हुने छ । जसले तपाईको पेट्रोल वचत हुने छ । 

यसरी गर्नुस् प्रयोग


एन्ड्रोइड तथा आइफोन प्रयोगकर्ताले मोवाइलमा गुगल म्याप अन गर्नुपर्छ । त्यसपछि आफु रहेको स्थानलाइ जुम गर्नुस् । त्यसपछि त्यहाँ देखाए अनुरुप आफु जानु पर्ने स्थानको नाम लेख्नुस् । 

त्यहाँ पुग्न प्रयोग हुने सडकको दुरी र एक भन्दा धेरै मार्गहरु रहे त्यसको जानकारी गुगल म्यापले दिने छ । त्यसपछि तपाई आफ्नो गन्तब्यमा जाने सही मार्ग छनोट गर्न सक्नु हुने छ । 


Back_to_top