विभिन्न कार्यालयलाई अशोक लेलैण्डका शब बहान हस्तान्त्रण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई अशोक लेलैण्डका शव वाहन हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कचंनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो ।

एक अस्पताल प्रमुखका अनुसार अहिले प्रयोग हुदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको र यस महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएको हुदा, प्रक्रिया अगाडि बढाएर अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन खरिद गरिएको होे । खरिद गरिएको शव वाहन अहिलेसम्मकै ठूलो र फराकिलो रहेको उनले बताए ।

आइएमई मोटर्सले शव वाहनसहित विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्शियल गाडीहरु विक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।


Back_to_top