साउन १ बाट अन्त्य हुने भनिएको सिन्डिकेटबाट पछि हट्यो सरकार

काठमाडौं । सिन्डिकेट अन्त्यका लागि कम्पनी मार्फत सार्वजनिक यातायात संचालनको मोडाललिटी ल्याएर कामको सुरुवात गरेका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक रूपनारायण भट्टराइलाई हटाएसँगै धेरैले आशंका गरेको सिन्डिकेट ब्युतने हल्ला पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको क्रियाकलापले सहि भएजस्तो भान हुन थालेको छ । 

बैशाख ४ को मन्त्रिपरिषद्ले बैठकले साउन १ देखि यातायात ब्यवसायीका संस्था नवीकरण नगर्ने निर्णय गरेको भएपनि एक दिन अगाडि मन्त्री महासेठले पुष मसान्तसम्म यातायात समितिबाटै यातायात संचालन हुने कुरा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।  

सरकार आफैंले यातायात समितिले संस्था नविकरण नगर्ने र उनीहरुको बैंक खातासहित चल अचलसम्पत्ति रोक्का गरिएको थियो । तर, मन्त्री महासेठले हिजो सोमबार समितिहरूको बैंक खाता सञ्चालनका लागिसमेत बाटो खोलिदिएका छन् । 

प्रधानमन्त्री र गृहमन्त्रीले कुनै हालतमा सिन्डिकेट नरहने भनेपनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने समितिलाई नै सबै जिम्मा दिने निर्णय गरेसँगै सरकारको दोहोरो चरित्र देखिएको छ ।

आगामी पुस मसान्तसम्म कम्पनीका जानका लागि समय दिनुपर्ने प्रारम्भिक सुझाव दिएको मन्त्री महासेठले जानकारी दिए । उनले साउन १ देखि यातायात समिति नरहने बताउन भने छाडेनन् । 


Back_to_top