टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर परिक्षणमा

काठमाडौं । टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर विभिन्न स्थानमा परिक्षण भइरहेको तस्वीरहरु बाहिर आएका छन् । कम्पनीले भारतको तामीलनाडु स्थीत होसुर प्लान्टको नजिकै सडकमा परिक्षण भइरहेको नयाँ इलेक्ट्रीक स्कुटरका तस्वीरहरु बाहिर आएका हुन् ।

सार्वजनिक भएको तस्वीरका आधारमा यो सामान बोक्न प्रयोग हुने इलेक्ट्रीक स्कुटर रहेको अनुमान गर्न सकिन्छ । कम्पनीले इकमर्स कम्पनीहरुका लागि सामान डेलिभरिमा प्रयोग गर्न मिल्ने स्कुटर ल्याउन लागेको अनुमान गरिएको छ । कार्गो सामानका लागि सिटको पछाडि ठूलो स्थान देखिएको छ भने पिलियन सिट समेत फ्ल्याट दिइएको छ । साथै यसको फ्रन्टमा समेत फराकिलो स्पेस देख्न सकिन्छ ।

सार्वजनीक तस्वीरका आधारमा यसमा १२ इन्च अलोय ह्वील रहेको छ । यसले कार्गो संचालनका लागि ह्यान्डलिङ तथा नियन्त्रणमा उच्च प्रदर्शन गर्छ । यसको फ्रन्टमा टेलिस्कोपीक र रियरमा डबल शक एव्जर्बर रहेको छ । स्कुटरमा फुल डिजिटल कन्सोल रहेको अनुमान गर्न सकिन्छ ।

यो स्कुटरमा रहेका अन्य फिचरको विषयमा कुनै जानकारी बाहिर आएको छैन । यद्यपी यसमा व्याट्री, मोटर लगायतका फिचर टीभीएस आइक्यूवको समान हुन सक्ने अनुमान गर्न सकिन्छ । टीभीएस आइक्यूवमा २.२५ किलोवाटको ब्याट्री प्याक रहेको छ । यसमा ४.४ किलोवाटको हव मोटर दिइएको छ भने, यसले १४० एनएम टर्क र ३ किलोवाट पावर जेनेरेट गर्छ । यसले एकपटकको फुल चार्जमा ७५ किलोमिटर रेन्ज प्रदान गर्छ ।

योसँगै टीभीएसले भारतमा चार्जिङ स्टेशन निर्माणमा आक्रमक योजना अगाडि ल्याउने भएको छ । कम्पनीले हालै मात्र टाटा पावरसँग सहकार्य गरेर सोलार पावर चार्जिङ स्टेशन निर्माण गर्ने सम्झौँता गरेको थियो । कम्पनीले निर्माण गर्ने चाजिङ स्टेशन ‘एसी र डीसी’ दुबै हुने कम्पनीले जनाएको छ ।


Back_to_top