काठमाडौं । नेपालका लागि युरोपियन ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले पूर्वको बिर्तामोडमा नयाँ स्टेट-अफ-द-आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सहितको शोरुम संचालनमा ल्याएको छ । हलेसी अटोमोबाइलले पूर्वी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेबारी पाएको हो ।
नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लू स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लूले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।
स्कोडाको नयाँ शोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लू स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका थिए ।
शोरुमको उद्घाटनपछि कार्यकारी निर्देशक अग्रवालले भने, ‘हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभुत गर्न प्रतिबद्ध छौं । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बिर्तामोडमा नयाँ स्टेट-अफ-द-आर्ट स्कोडा शोरुम ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ ।’
स्कोडाको नयाँ डिलर हलेसी अटोमोबाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दैछ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने हलेसी अटोमोबाइलकका प्रबन्ध निर्देशक चुडामणी पौडेलले जानकारी दिए ।


