मारुती सुजुकीको सानो एसयुभी, यी हुन् विशेषता

भारतीय सवारी उत्पादक कम्पनी मारुती सुजुकीले २०१८ को अटो एक्सपोमा फ्युचर कन्सेप्ट एस सार्वजनिक गरेको थियो । यो कन्सेप्ट उक्त मोटर शोमा एक आकर्षणको रुपमा रहेको थियो । यही कन्सेप्टको आधारमा मारुतीले नयाँ स्मल एसयुभी उत्पादन सुरु गरेको छ । 

मारुतीको रोतक प्लान्टमा यो कारको अनुसन्धान लगायतको काम धेरै अघिबढिसकेको जनाइएको छ । आन्तरिक रुपमा स्मल एसयुभीको नाम मारुती वाइ१के राखिएको छ । 

स्मल इन्ट्रिलेवल एसयुभी अल्टो र वेगनआरभन्दा माथिल्लो प्लेट फर्ममा हुने छ । यो कार बजारमा आएपछि रेनोको क्युडसँग प्रतिस्पर्धी हुने अनुमान गरिएको छ । 

मारुती सुजुकीको भिटारा ब्रेजा एसयुभी २०१६ को मार्चमा सार्वजनिक भएयता वेस्ट सेलिङ कारको रुपमा रहेको छ । वाइ१के सार्वजनिक भएपछि ब्रेजाको स्थान त्यसले लिने अनुमान गर्न थालिएको छ । 

नयाँ कार मारुती सुजुकीको हाल देखिएका मोडल जस्तो हुने छैन । वाइ१के नितान्त नयाँ डिजाइनमा बजारमा उतार्ने तयारीमा मारुती सुजुकी रहेको छ । 

यो कारको ग्राउन्ड क्लियरेन्स करिब १ सय ८० एमएम हुने अनुमान छ । यो कारमा १.० लिटरको पेट्रोल इन्जिन हुने छ । कारमा एयरब्याग, एबीएस लगायत विभिन्न विशेषताहरु हुने छन् । 

कम्पनीले वाइ१के २०२० को सुरुमा परिक्षण गर्ने र त्यही वर्षको अन्त्यसम्ममा बजारमा ल्याउने तयारी गरेको छ । 

उपभोक्ताको खरिद चाहनालाई मध्ये नजर गर्दै फेस्टिभ सिजनमा समेत सार्वजनिक हुन सक्ने अड्कल काटिएको छ । यो कारको अन्य विशेषता बारे खुलाइएको छैन ।


Back_to_top