हंकी र बोल्ड लुक्सका यी ५ एसयूभी, यस्ता छन् मूल्य र विशेषता

बोल्ड र खतरनाक एसयुुभीको नाम लिनुपर्दा धेरै मानिसको दिमागमा पहिला आउने नाम हो हमर । यो यसयुभी दुनियाँभरमा आफ्नो हंकी र बोल्ड लुक्सको लागि प्रसिद्ध छ । तर, यस्तो पनि होइन की विश्वमा हमर मात्रै सबभन्दा बोल्ड यसयुभी हो । विश्व बजारमा यो भन्दा पनि धेरै बोल्ड र अझ हंकी यसयुभीहरु उपलब्ध रहेका छन् । 

यी गाडीहरु धेरै प्रकारले हमर भन्दा निकै अगाडि रहेका छन् । यहाँ विश्व बजारमा उपलब्ध केही हंकी तथा बोल्ड एसयुभीको चर्चा गरिएको छ ।

१. कंकेस्ट नाईट एक्सभी 


यो लिस्टमा सबभन्दा पहिलो नाम कंकेस्ट नाईट एक्सभीको आउने गर्छ । क्यानडाको मोटर कम्पनी कंकेस्टले आफ्नो यो बोल्ड यसयुभी सबैभन्दा पहिला सन् २००८ स्पेसिएलिटी इक्यूपमेन्ट मार्केट एसोसिएशनमा प्रस्तुत गरेको थियो । 

कम्पनीले यसको निर्माण टोरन्टोको प्लान्टमा गरेको हो । यो एउटा बख्तर बन्द यसयूभी हो जसको निर्माण कम्पनीले लिमिटेड यूनिट मात्रा उत्पादन गरेको छ । पेट्रोल र डिजल दुवै भेरियन्टमा उपलब्ध यस गाडीको मूल्य करिब ७ करोड नेपाली रूपैयाँ पर्छ । कम्पनीले यसमा ६.८ लिटर क्षमताको भी १० पेट्रोल इन्जिन तथा ६.७ लिटरको भी८ डिजल इन्जिनको प्रयोग गरेको छ । अत्याधिक मजबुद मेटल प्रयोग गरिएको यो गाडीको वजन नै ५.९ टन रहेको छ । 

२. मर्सडीज बेंज जी६३ ६बाइ ६ एएमजी


जर्मनको प्रमुख गाडी निर्माता कम्पनी मर्सिडिजले बनाएको उत्कृष्ट यसयुभी मोडल जी६३ ६बाइ ६ एएमजी हो । यसको खास विषेशता भनेको यसमा ६ वटा चक्काको प्रयोग भएको छ । यो पूर्णरुपमा सिक्स ह्वील ड्राइभ टेक्नीकमा बनाएको एसयूभी हो । 

यसमा ५.५ लिटर क्षमताको दमदार टर्बोचाज्ड भी८ इन्जीन रहेको छ । यसमा ३७ इन्चको चक्काको प्रयोग भएको छ र दुईवटा अलग अलग फ्यूल ट्याङ्की रहेको छ । यसको मूल्य करिब ६ करोड नेपाली रूपैयाँ रहेको छ ।

३. प्यारामाउण्ट मराउडर 


दक्षिण अफ्रिकाको प्यारामाउण्ट गु्रपल यो यसयूभी बनाएको हो । यसको प्रथम प्रदर्शनी मध्य एसीयाको सबैभन्दा ठूलो आर्म एक्जीबीशन अबुदाबीको इन्टरनेसनल डिफेन्स एक्जीभीसनमा सन् २००७ मा भएको थियो । 

यो यस्तो यसयुभी हो जसलाई बी७ लेवलको धमाकाले पनि क्षति पूर्याउन सक्दैन । यसमा टर्बो चार्जड डिजल इन्जिनको प्रयोग भएको छ । यसलाई जस्तोसुकै मौसममा पनि चलाउन सकिन्छ । यसको वजन १३ टनको रहेको छ भने, मूल्य करिब सवा ५ करोड नेपाली रूपैयाँ रहेको छ ।

४. कार्लम्यान किंग


कार्लम्यान किंग हालसम्म बनेको विश्वको सवभन्दा महंगो यसयुभी हो । यसको डिजाइन आईएटीले गरेको हो । यसको मूल्य करिब १८ करोड रुपैयाँ रहेको छ । यसको मूल्यकै कारण यसको उत्पादन मात्र १२ वटा भएको छ । 

कार्लम्यान किंग मूख्य रुपमा फोर्ड एफ ४५० पिकअपको प्लेटफर्ममा बनाइएको हो । यसमा ६.८ लिटर क्षमताको भी१० इन्जीन प्रयोग भएको छ । यसको क्याबिन विषेश लग्जरीयस रहेको छ, जहाँ ४ जना व्यक्ति बस्न सक्छन् । 

५. रेनो शेर्पा


फ्रान्सको प्रमुख मोटर निर्माता कम्पनी रेनोको उत्कृष्ट यसयूभी रेनो शेर्पा दुनियाँको दमदार यसयूभीमा प्रमुख पङतिमा रहेको छ । सुरुमा यसलाई आर्मी भेइकलको रुपमा प्रस्तुत गरिएको थियो । तर अब रसिया, अफ्रिका तथा मध्य एशियन देशहरुमा सामान्य नागरिकरुलाई पनि यो यसयूभी उपलब्ध छ । 

यसलाई स्टेसन वागेन तथा पिकअप फम्र्याटमा बनाईएको छ । यसमा ४.८ लिटरको डिजल इन्जिनको प्रयोग गरिएको छ । यसमा १८ इन्चको चक्का प्रयोग गरिएको छ भने मूल्य करिब ३ करोड नेपाली रुपैयाँ रहेको छ । 


Back_to_top