काठमाडौं । ट्रायल पास भएको ११ महिना पछि बल्ल स्मार्ट लाईसेन्स पाउने पालो आयो र दंङ्ग पर्दै लाइसेन्स लिन गएका थिए काठमाडौं नयाँपाटीका दीनेश लामा । लाईसेन्स पाउने भएपछि दङ्ग नपर्नु पनि किन ? नेपालमा सवारीसाधन चलाउन सिक्नुभन्दा लाईसेन्स पास गरेर हातमा पार्नु निकै कठिन छ ।
लामासँग यसअघि मोटरसाइकल संचालन गर्ने अनुमति प्राप्त लाईसेन्स थियो, पछि उनले हलुका सवारीसाधन चालक अनुमति पत्रको लागि मिन भवनको यातायात कार्यालयमा ट्रायल दिएर र पास भए ।
उनि स्मार्ट लाइसेन्स तत्काल उपलब्ध नभएकाले वेटिङ लिष्टमा बसे । करिब ११ महिना पछि लाईसेन्स लिन पालो आयो र, यातायात ब्यवस्था कार्यालय गए । दङ्ग पर्दै आफ्नो लाईसेन्स लिएर र आफ्नो काममा लागे ।
यसबीचमा उनले साथीभाईलाई ११ महिना क्यूमा बसेर लाईसेन्स लिएको भन्दै देखाए । साथीले कस्तो रहेछ स्मार्ट लाईसेन्स भनेर मागेपछि उनले हेर्न दिए । साथीको आखाँ कहिले प्रिन्ट भएको रहेछ भन्ने तर्फ मोडियो । साथी कन्फ्यूजमा परे लिएकै दिन कसरी लाईसेन्स एक्स्पायर भइसकेको थियो ।
सबै अचम्म पर्दै के भएछ भन्न थाले तर, लामाको खुसी केहि छिनमै भताभुङ्ग भयो । यातायात ब्यवस्था विभागको लापरवाहीले उनलाई समस्यामा परेको छ, अब पुनः लाईसेन्स बनाउन जाउ भने कति समय लाग्ने हो नजाउ भने उनको लाईसेन्स रद्ध भएको छ ।
नयाँ लाईसेन्स बनाउन राजस्व तिरेर बसेको मानिसको पुरानो मोटर साइकल चालक अनुमति पत्रको एक्स्पाएर हुने समय राखेर लाईसेन्स दिनु यातायात ब्यवस्था विभागको चरम लापरर्वाही हो ।


