‘क्वीड इलेक्ट्रीक’ बन्न सक्छ २०२२ को सर्वाधिक चर्चित मोडल

काठमाडौं । सन् २०१९ देखि चीनमा विक्री हुँदै आएको रेनोको इलेक्ट्रीक मोडल ‘केजेडई’ भारत र नेपालमा रेनोको सर्वाधिक सफल ह्याचव्याक क्वीड हो । आइसी इन्जिनमा डिजाइन, फिचर र मूल्यको कारण सर्वाधिक सफल मोडल क्वीडको इलेक्ट्रीक भर्सन २०२२ को अन्तिमसम्ममा आउने अनुमान गरिएको छ ।

भारतीय प्लान्टमा बन्ने यो कार २०२२ मा नै आए वर्षकै सर्वाधिक चर्चित मोडल हुने विभिन्न रिपोर्टहरुले दावी गरेका छन् । भारत जस्तो मूल्यमा अति नै महत्व राख्ने बजारमा आउने भएकाले यसको मूल्य अन्य ब्राण्डकोभन्दा कम हुने अपेक्षा गरिएको छ । कम्पनीले यसलाई भारतमा करिब ८ लाख हाराहारी मूल्यमा ल्याउने अनुमान गरिएको छ ।

रेनोले चीनमा उत्पादन र विक्री गर्दै आएको केजेडईमा २६.८ किलोवाट आवरको व्याट्री प्याक दिइएको छ । यो गाडीको जम्मा तौल ९२१ केजी मात्रै रहेको छ । तौल कम र ३२ किलोवाट क्षमताको मोटर जडान भएकोले यसले फुल चार्जमा राम्रो रेन्ज प्रदान गर्ने दावी कम्पनीको छ ।

सानो मोटर भएको कारण यसले एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज प्रदान गर्ने रेनोले दावी गरेको छ । यसको स्पीड पनि निकै राम्रो रहेको छ । केजेडईले सून्यदेखि ६० किलोमिटरको स्पीड ७ सेकेन्डमा भेट्टाउने छ । यसलाई फस्ट चार्जरले ५० मिनेटमा सून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने छ ।

अहिले भारतमा बन्ने सबै किसिमका कारमा कम्तीमा इबीडी सहितको एबीएस, दुई एयरव्याग, अगाडि डिस्क ब्रेक जस्ता फिचर रहने छन् । यी सबै फिचरको साथ आउने हो भने यो कार भारत र नेपाल जस्ता बजारमा इभी खोज्ने ग्राहकको रोजाईमा पर्ने अनुमान लगाउन सकिन्छ ।

त्यसका बाबजुद विश्व बजारमा चलिरहेको सेमी कन्डक्टरको समस्या लगायतको कारण क्वीड इलेक्ट्रीक २०२२ मा आउँछ वा आउँदैन भन्ने एकिन गर्न भने सकिदैन ।


Back_to_top