काठमाडौं । जगदम्वा मोटर्सले टीभीएसको राइडिङ गियर नेपाली बजारमा ल्याएको छ । कम्पनीले टीभीएसको ‘राइडिङ ग्लभ्स, ज्याकेट र प्यान्ट’ नेपाली बजारमा ल्याएको हो ।
टीभीएसको आधिकारीक वितरक समेत रहेको जगदम्बा मोटर्सले मोटरसाइकल तथा स्कुटर चालकलाई लक्षित गर्दै राइडिङ गियरको विक्री सुरु गरेको हो ।
नेपालमा विक्री सुरु भएको सबै राइडिङ गियर टीभीएसले भारतमा उत्पादन गरेको हो । टीभीएस इन्डियाले सन् २०१९ गोवामा भएको ‘मोटो शोल’मा पहिलो पटक आफ्ना राइडिङ गियर सार्वजनिक गरेको थियो ।
अहिले जगदम्बा मोटर्सले एक मोडलको ग्लभ्स, दुई कलर अप्सनमा प्यान्ट र एक ज्याकेट नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले राइडिङ ग्लभ्सको मूल्य ३ हजार ५०० रुपैयाँ, ज्याकेटको मूल्य १३ हजार ५०० रुपैयाँ र प्यान्टको मूल्य १२ हजार रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।
टीभीएसका गियरहरु कम्पनीको आधिकारिक वेवसाइटमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ । केही समय पश्चात् टीभीएसको सबै शोरुमहरुमा राइडिङ गियर उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।
केही समय पश्चात टीभीएसले कम्पनीको अफिसियल एपरलहरु पनि विक्री सुरु गर्नेछ । टीभीएसले टिर्सट, चस्मा, पर्स, बुट, क्याप जस्ता एपरलहरु उत्पादन गर्दै आएको छ ।

